• Tuesday 8th of September 2026

नेसनल प्याब्सन काठमाडौंले कोरोना पछिको शैक्षिक स‌‌त्रको निर्क्योल विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने


  • आशाका किरण

काठमाडौं । नेसनल प्याब्सनले कोरोना पछिको शैक्षिक स‌‌त्रको निर्क्योलू विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
२३ औं स्थापना दिवसको अवसरमा शनिबार रोयल ब्यानक्वेट तिनकुनेमा उक्त कार्यक्रम हुने नेसनल प्याब्सनले जनाएको छ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा कोरोना महामारी पछिको विद्यालय संचालन, नयाँ पाठ्यक्रमको सम्भाव्यता र शैक्षिक स‌‌त्रको निर्क्योल विषयमा छलफल हुने छ।

नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिले प्याब्सन र हिसान लगायतका शैक्षिक संगठनका नेता, विज्ञ, शिक्षाविद् तथा सरोकारवालाहरु सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij