• Friday 11th of September 2026

कुखुरामा लागेको रोग नियन्त्रण गर्न खोप


  • आशाका किरण
Poultry farm (aviary) full of white laying hen

हुम्लाको खार्पुनाथ गाउँपालिकाका–२ थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएको छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराकाको रक्षाका लागि खोप ल्याइने भएको छ । केही दिन अगाडि मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्वारा विभिन्न सञ्चार मिडियामा जानकारी गराएपछि सम्बन्धित पशु सेवा कार्यालयले खोपको व्यवस्था गर्न लागेको हो ।

गाउँमा फैलिएको रोगका बारेमा जानकारी पाउन र शव परीक्षणका लागि जिल्ला पशु सेवा कार्यालय हुम्लाले माघ १२ गते मरेको कुखुरा पशु रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएपछि सो कार्यालयले रानीखेत रोग पुष्टि भएको पशु विकास कार्यालयका सूचना अधिकारी कृष्ण रोकायाले बताउनुभयो । सूचना अधिकारी रोकायाका अनुसार “कुखुरामा फैलिएको रानीखेत रोगको उपचारका लागि खोपसमेत लिएर अबको केही दिनमा टोली गाउँतर्फ जाने तयारी गरिरहेको छ, ।” यो रोगका लागि सुर्खेतबाट बिहीबार पाँच हजार खोप जिल्लामा पुगिसकेको जनाइएको छ । थाली गाउँमा दैनिक १५÷२० वटा कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij