• Friday 11th of September 2026

खजुरा गाउँपालिकामा ज्येष्ठ नागरिक लक्षित निःशुल्क आँखा उपचार


  • आशाका किरण

खजुरा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सबै ज्येष्ठ नागरिकलाई आँखाको निःशुल्क उपचार गर्न शुरु गरेको छ । जनतासँग स्थानीय सरकार कार्यक्रमअन्तर्गत भिजन आँखा अस्पताल नेपालगञ्जसँग सहकार्य गरेर १ देखि ८ वडामा आँखा शिविर गरिने गाउँपालिकाले जनाएको छ ।
ज्येष्ठ नागरिकको आँखा निःशुल्क जाँच, औषधि वितरण र करीब एक सय जनाको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले वडा नं १ राधापुर स्वास्थचौकीमा सञ्चालित आँखा शिविरको शुभारम्भ गर्दै जनताका समस्या तत्काल समाधान गर्ने उद्देश्यले कार्यक्रम चालू आर्थिक वर्षदेखि सञ्चालनमा आएको हो ।

क्षतिपूर्तिका लागि राहत वितरण

बाँके राष्ट्रिय निकुञ्जमा जङ्गली जनावरले क्षति पु-याउने घटना बढेसँगै निकुञ्ज प्रशासनले पीडित घरपरिवारलाई ठूलो धनराशि दिएको छ । निकुञ्जका वार्डेन श्यामकुमार शाहले २०७० सालदेखि अहिलेसम्म दुई हजार १७४ घरधुरीलाई रु एक करोड ९६ लाख ९४ हजार ८३० राहत दिएको बताउनुभयो ।

निकुञ्जले २०७० मा ५२ घरधुरीलाई रु ९६ हजार १८१, २०७१ मा ३१ घरधुरीलाई रु ६६ हजार ९९०, २०७२ मा ३६ घरलाई रु एक लाख पाँच हजार १२४, २०७३ मा ३० घरलाई रु एक लाख १४ हजार ५४०, २०७४ मा ३०५ घरलाई रु १४ लाख २७ हजार ७२ , २०७५ मा ४१८ घरलाई रु ५२ लाख ४६ हजार ५१७, २०७६ मा ६२७ घरलाई रु ७० लाख ३३ हजार ३०१ र चालु आवको हालसम्म ६७७ घरधुरीलाई रु ५६ लाख ४ हजार ७८ दिइएको छ ।

निकुञ्जमा रहेका जनावरले आसपासका विभिन्न गाउँमा क्षति पु-याउने गरेका छन् । जनावरले गहुँ, आलु, धान, मकै, तरकारी बालीमा नोक्सानी पु-याएका छन् भने मानिसलाई समेत मारेको छ । वन महासङ्घ, बाँकेका उपाध्यक्ष शालिकराम डाँगीले जनावरबाट भएको क्षतिपूर्तिको राहत पाउन सजिलो नरहेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij