सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउटले पशुपति क्षेत्रमा आज १ हजार स्काउट परिचालन गरेको छ । शिवरात्रीमा दर्शनार्थीलाई सहज रुपमा मन्दिरमा दर्शन गराउन र भिडलाई ब्यवस्थापन गर्न १ हजार बढी स्काउट खटिएको हो ।
विगतमा १६ वर्षमुनीका स्काउटले सेवा गरेपनी अघिल्लो वर्षदेखी १६-२५ वर्ष उमेर समुहका युवा युवतीले विभिन्न शिफ्तमा सेवा गरेका हुन् । स्काउटलाई हौसला प्रदान गर्न प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ डा राजन भट्टराई स्काउटसांगै पशुपति सेवा शिविरको अवलोकनमा निस्केका थिए ।
कार्यक्रममा युवाहरुलाई सेवा भाव जगाउन फलदायी हुने र देशलाई असल र जिम्मेवार नागरिक उत्पादन गर्न यस्ताखाले कार्यक्रमले विषेश अर्थ राख्ने नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले बताए । कार्यक्रममा अहोरात्र खटेर सेवा गर्ने स्काउट मास्टर,रोभर/रेन्जर लिडर/स्काउटलाई प्रधानमन्त्रीका परराष्ट्र विज्ञ डा राजन भट्टराईले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले वर्तमान नेतृत्व आएसंगै स्काउटले छलाङ मारेको र नेपाल स्काउटको वृद्धि विकासमा प्रधानमन्त्री आफैं सकारात्मक रहेकाले ठोस योजना लिएर आउन अनुरोध समेत गरे । सम्बोधनका क्रममा काठमाडौं क्षेत्र नम्बर ४ का वासिन्दा समेत रहेका डा भट्टराईले नेपाल स्काउटलाई यो अवस्थासम्म पुर्याउन खट्ने पुराना स्काउटलाई धन्यवाद दिँदै नयाँ युवा स्काउटलाई स्वागत समेत गरेका थिए ।
नेपाल स्काउटमा लोक बहादुर भन्डारीको उदयसंगै संस्थाको संगठन द्रुतगतिमा बिस्तार भएको छ । सुशासनलाई बढुवा दिँदै चुस्त दुरुस्त कर्मचारी नियुक्त गरेर भण्डारीले स्काउटमा एक खालको तरंग ल्याएको डा भट्टराईले आशाका किरण मिडियालाई बताए ।
उपस्थित सबैलाई धन्यवाद दिँदै क्याम्प चिफ एवम् नेपाल स्काउटका बागमती प्रदेश तदर्थ समितिका संयोजक केशरत्न बज्राचार्यले सेवा शिविर समापन गरेका थिए । फाल्गु्न २६ गतेबाट सुरु भएको सेवा शिविर फाल्गुन २८ गते सम्म जारी रहने नेपाल स्काउटले जनाएको छ ।


