सुदर्शन बजगाई,आशाका किरण समाचार । गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ८ मा रहेको भेनस नेशनल कलेजले हार्टनिङ मिट सम्पन्न गरेको छ । कलेजका अध्यक्ष पेमा छिरी शेर्पाको अध्यक्षतामा र मोहन अधिकारीको संचालनमा भएको कार्यक्रममा प्रमुख आतिथ्यता भने पुर्व उप- राष्ट्रपति परमानन्द झाको रहेको थियो ।
कार्यक्रममा विद्यार्थीले आफ्नो गायन र नृत्य कौशल देखाएका थिए । कार्यक्रममा पत्रकार राजेन्द्र बानिया गायक राजु लामा लगाएतलाई आफ्नो पत्रकारिता र सांगेतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख कृष्ण गौतमले कलेजको विगत वर्तमान र भविष्यको बारेमा प्रकाश पार्दै भेनसलाई नेपालकै उत्कृष्ट शैक्षिक गन्तब्य बनाउन आफ्नो टिम लागेको धारणा ब्यक्त गरेका थिए ।भेनसको बारेमा बोल्दै गौतमले विद्यार्थीको वृद्धि विकासमा कुनै कसर बाँकी नराख्ने र हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिने समेत बताएका छन् ।
कार्यक्रममा बोल्दै पुर्व उपराष्ट्रपति परमानन्द झाले भेनसले नेपालको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै थप योगदा दिन अनुरोध समेत गरे । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमका अध्यक्ष पेमा छिरी शेर्पाले कार्यक्रम समपन गरेका थिए । कार्यक्रममा उपस्थित बिशेष अतिथी अतिथी लगाएतलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले मायाको चिनो प्रदान गरेका थिए ।


