• Friday 11th of September 2026

बर्दियामा मुलुककै पहिलो सिकलसेल उपचार केन्द्र


  • आशाका किरण

बर्दियाको बारबर्दिया नगरपालिकाले मुलुकमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको छ ।

अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ ।
बारबर्दियामा नगरपालिकाको रु चार करोड ३३ लाख ५० हजार ३८ को लगानीमा यो केन्द्र बन्न लागेको बारबर्दिया नगरपालिकाका लेखा अधिकृत वसन्तबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “टिडीआर कन्स्ट्रक्सन प्राली धनगढीले यो अस्पताल बनाउन सम्झौता गरी लागेको हो । सत्र कोठे अस्पतालको भवन निर्माण भएपछि बारबर्दिया नगरपालिकाका सिकलसेल रोगका बिरामी अन्तै उपचार गर्न जान पर्दैन ।”

सम्झौताअनुसार समयमै केन्द्रको भवन निर्माण कार्य भइरहेको कन्स्ट्रक्सनका इञ्जिनीयर दीपेन्द्र शाहले बताउनुभयो । भवन निर्माण भएपछि करीब ६० हजार जनताले बारबर्दिया नगरपालिकाले सेवा पाउनेछन् ।

पश्चिम नेपालमै थारुमा समस्याका रुपमा रहेको सिकलसेल रोगले धेरै जनता पीडित भएपछि आफ्नो नगरपालिकाको कार्यसमितिले निर्णय गरेर यो रोग उत्थान गर्नका लागि आफूहरुले अस्पतालका लागि भवन निर्माण गर्न लागेको बारबर्दिया नगरपालिकाको नगरप्रमुख दुर्गाबहादुरले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij