• Friday 11th of September 2026

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु


  • आशाका किरण

कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतको हैदरावादबाट नेपाल फर्किएका बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका–९ छातापिपरा निवासी ३७ वर्षीय पुरुषको चैत २९ गते आरटिपिसिआर रिर्पोट पोजेटिभ आएको थियो । चैत २६ गतेदेखि वीरगञ्जको एडभान्स हस्पिटलमा उपचार गराइरहेका युवकमा सङ्क्रमण पुष्टि भए पनि उनलाई थप उपचारका लागि चैत ३० गते नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका वरिष्ठ फिजिसियन डा निरज सिंहले जनाकारी दिनुभयो । स्वास्थ्य अवस्था गम्भीर हुँदै गएका युवकको चिकित्सकको टोलीले रातभरि प्रयास गरे पनि उनको जीवन बचाउन नसकिएको चिकित्सक सिंहको भनाइ छ ।

यसैबीच नारायणी अस्पतालको प्रयोगशालामा चैत ३० गते ९५ वटा स्वाबको नमूना परीक्षण गर्दा २१ पुरुष र १९ महिला गरी ४० जनामा सङ्क्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये पर्साका ३७ र बाराका तीन सङ्क्रमित रहेको अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिनुभयो । उहाँले सङ्क्रण्मितमध्ये १४ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा बढी रहेको बताउनुभयो । भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३५ सम्म रहेको चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij