• Friday 24th of July 2026

यी आठ गुणले बढाउँछ मानिसको ख्याति


  • आशाका किरण

मित्रसँगको समागम, निरन्तर धनप्राप्ति, पुत्रसँगको आलिङ्गन, मैथुनमा प्रवृत्ति, प्रियवचन, आफ्ना मान्छेको उन्नति, अभीष्ट वस्तुको प्राप्ति र समाज वा राष्ट्रमा सम्मान यी हर्षका कारण हुन् । यो लौकिक सुखका साधन हुन् । विदुरनीति भन्छ—

समागमश्च सखिभिर्महांश्चैव धनागमः ।
पुत्रेण च परिक्ष्वङ्गः संनिपातश्च मैथुने ।।

समये च प्रियालापः स्वयूथ्येषु समुन्नतिः ।
अभिप्रेतस्य लाभश्च पूजा च जनसंपदि ।।

बुद्धि, कुलीलता, इन्द्रियनिग्रह, शास्त्रज्ञान, पराक्रम, अधिक नबोल्नु, शक्तिअनुसार दान गर्नु यी आठ गुणले मानिसको गुण बढाउँछ—

अष्टौ गुणः पुरुषं दीपयन्ति
प्रज्ञा च कौल्यं च दमः श्रुं च ।
पराक्रमश्चाबहुभाषिता च
दानं यथाशक्ति कृतज्ञता च ।।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij