सुदर्शन बजगाई,आशाका किरण मिडिया । नेपाल स्काउटका कर्णाली प्रदेश तदर्थ समितिका संयोजक कमल बोहोराले स्काउटले युवाहरुमा सकारात्मक सोचको विकास गराउने भएकाले राज्यले यसमा लगानी गर्नुपर्ने बताएका छन् । स्काउटले आयोजना गरेको रोभर बिटिसी तालिम लिएपछी आशाका किरण मिडियासंग कुरा गर्दै बोहोराले सो कुरा बताएका हुन् । नेपाल स्काउटका कर्णाली प्रदेशका संयोजक कमल बोहोराले नेपाल स्काउटले जीवन जिउने कुरा सिकाएकोले आफू स्काउटमा लागेको बताएका छन् । स्काउटले समाजमा परिवर्तन गर्न महत्वपूर्ण भूमिकाको खेलेको देखेको कारण आफू स्काउटमा लागेको बताए । संगठननै नभएको ठाउँमा स्काउट विस्तार गर्न आफू लागीपरेको र सो को लागि सहयोग गर्न स्थानीय पालिकाका प्रमुखलाई बोहोराले अनुरोध समेत गरेका छन् । युवाहरुलाई सचेत गराउँदै सकारात्मक सोच जगाउँदै देशलाई जिम्मेवार र असल नागरिक उत्पादन गर्न स्काउटले उल्लेख्य भुमिका खेलेको घारणा ब्यक्त गरे । नेपाल स्काउटले नेपाल टेलिभिजनसंगको सहकार्यमा संचालन गरेको कार्यक्रम `म स्काउट नेपाली´ कार्यक्रममा बोहोराले सो धारणा सार्वजनिक गरेका हुन् । स्काउट्को तालिमले विकासमा टेवा पुर्याउने,युवालाई कुलतबाट छुटाउने र समाजमा केही गरौं भन्ने भावना जगाउने भएकाले स्काउटमा लाग्न सबैलाई अनुरोध समेत गरेका छन् । दुर दराजमा कापी कलम किन्ने समस्या हुने भएकाले राज्यले स्काउट ड्रेस दिएर विद्यार्थीलाई स्काउटमा लाग्न सहयोग गर्नुपर्ने समेत उनले बताएका छन् । हेर्नुस् विविध गतिविधि समेटिएको कार्यक्रम म स्काउट नेपालीको भाग -९ :
