कोरोनाको दोस्रो लहरले यतिवेला नेपाल आक्रन्त छ । अस्पताल हरु भरिभराउ छन् । अक्सिजनको अभाव छ । यस्तो बेला घरभित्र बस्दा कोरोनाको संक्रमणबाट जोगिन खानपानमा बिशेष ध्यान दिनु जरुरी छ । सेल्फ क्वारेन्टाइनमा बस्दा कस्ता कुराहरु खाने र कस्ता खानेकुरा नखाने भन्ने सबैले जान्नु पर्दछ ।
आज आशाका किरणको टिमले सक्रमित र कन्ट्रयाक ट्रेसिङमा परेकाले केके खाने र घरमा कसरी सावधानी अपनाउने भन्ने विषयमा विज्ञ संगको कुराकानी लाई आधारित बनाएर टिप्स दिएका छौ ।
- तपाई घरमा हुँदा एकै चोटी धेरै खाना नखानुहोस् । एकैपटक धेरै खाना खाँदा पेट सम्बन्धी विभिन्न समस्या हुनसक्छ ।
- हामिले खाना बनाउदा सरसफाइलाई पनि ध्यान दिनुपर्दछ ।
- सेल्फ क्वारेन्टाइनमा रहदा नुनको सेवन कम गर्नु राम्रो हुन्छ । प्रतिदिन पाँच ग्राम भन्दा कम नुन सेवन गर्नु राम्रो हुन्छ ।
- सेल्फ क्वारेन्टाइनमा रहदा चिनीको सेवन पनि कम गर्नुस । फलफूल जस्ता खानेकुरा ल्याएर राख्नु राम्रो हुन्छ ।
- क्वारेन्टाइनमा रहदा चिल्लो भएका खानेकुराहरु खानु हुदैन । खाना बनाउँदा सधै कम चिल्लो हुने गरी पकाउनुपर्छ .
- सेल्फ क्वारेन्टाइनमा रहदा सागसब्जी, फलफूल, दाल, ग्रेंस र ओट्स यी सबै फाइबरयुक्त खानेकुरा खानुपर्दछ
- तपाईँ चुरोटको सेवन गर्नु हुन्छ भने तत्काल छोड्नुहोस, किनकी चुरोट सेवनले स्वासप्रस्वासमा समस्या ल्याउँछ ।
