• Tuesday 8th of September 2026

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अब मध्यपश्चिम विवि


  • आशाका किरण

सरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयसम्बन्धी ऐन २०६७ लाई संशोधन गर्दै ‘मध्यपश्चिम विश्वविद्यालय’का रुपमा रुपान्तरण गरेको हो ।
विसं २०७७ असार २२ गते नेपाल राजपत्रमा प्रकाशित शिक्षासम्बन्धी उक्त ऐनको दफा ११ को उपदफा ९ मा लेखिएको छ, “ठाउँ–ठाउँमा र प्रचलित कानूनमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय भन्ने शब्दको सट्टा ‘मध्यपश्चिम विश्वविद्यालय’ भन्ने शब्दहरु राखिनेछ ।” विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले सरोकार पक्षलाई थाहै नदिई गुपचुपमा स्वायत्त संस्थाको नाम परिवर्तन गरिनु आपत्तिजनक रहेको प्रतिक्रिया दिनुभयो । “विश्वविद्यालय ऐन र नाम परिवर्तनको प्रक्रिया छ तर कुनै पनि पदाधिकारीले थाहै नपाउने गरी नाम परिवर्तन गरिएछ”, उहाँले भन्नुभयो, “नाम संशोधन गर्नुपरे कम्तीमा सरोकारवालासंँग छलफल गरिनुपथ्र्यो ।”
उपकुलपति सिंहले नाम परिवर्तन गर्न आवश्यक भए कर्णाली, रारा वा अन्य कुनै नाम राख्न सकिने जनाउँदै यस्तो महत्वपूर्ण विषयमा हल्का रुपले निर्णय गर्दा संस्थाको व्ययभार अनावश्यक बढ्न पुगेको बताउनुभयो । नाम परिवर्तन हुँदा मौज्दात लेटरप्याड, प्रतीकचिह्न, झण्डा, उत्तरपुस्तिकालगायत जिन्सी सामान खेर जानेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij