• Thursday 10th of September 2026

‘एक व्यक्ति एक अक्सिजन सिलिन्डर अभियान’


  • आशाका किरण

पोखरा चेम्बर अफ कमर्स कास्कीले ‘एक व्यक्ति एक अक्सिजन सिलिन्डर अभियान’ सञ्चालन गरेको छ । कोरोना महामारीका कारण सिर्जित अक्सिजन सिलिन्डर अभावका कारण बिरामीले अकालमा ज्यान गुमाउनु परेको अवस्थालाई ध्यानमा राखी सो अभियान सञ्चालन गरिएको जनाइएको छ ।
अभियानअन्तर्गत कास्की पोखरा समाज जापानको सहयोगमा रु सात लाख बराबरका ५० वटा सिलिन्डर उपलब्ध गराइसकेको र आर्थिक सहयोग जुटने क्रम जारी रहेको चेम्बरका अध्यक्ष किसाना सुनारले जानकारी दिनुभयो । उहाँले आज प्रेस विज्ञप्ति जारी गरी सङ्कलित आर्थिक सहयोगबाट कास्कीका विभिन्न स्थानीय तहलाई एक हप्ताभित्र स्वास्थ्य सामग्री तथा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिने योजना रहेको बताउनु भएको छ ।
यसअघि पोखरा चेम्बरले दोस्रो चरणको कोरोना महामारी व्यवस्थापनमा सामाजिक उत्तरदायित्वअन्तर्गत हेल्प डेक्स स्थापना गरी कार्य प्रारम्भ गरिसकेको कार्यक्रम संयोजक प्रेम सुवेदीले जानकारी दिनुभयो । हेल्प डेस्कमार्पmत विभिन्न समिति निर्माण गरी दोस्रो चरणको कोरोना महामारी व्यवस्थापनमा स्थानीय तहलाई सहजीकरण तथा आम नागरिको जीवन रक्षाका लागि यसबीचमा अत्यावश्यक वस्तु तथा सेवा सञ्चालन गर्ने व्यवसायलाई सहजीकरण गर्ने कार्य समेत गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij