• Thursday 10th of September 2026

साबधान:जोशिएर यौन सम्पर्क गर्दा होसै गुम्ने खतरा !


  • आशाका किरण

न्युयोर्क, एजेन्सी ।केही समयअघि अमेरिकामा गरिएको स्वास्थसम्बन्धी एक अध्ययन अनुसन्धानले प्रत्येक १ लाख व्यक्तिमध्ये ७ जना स्मरण शक्ति गुम्ने रोगको शिकार हुने निष्कर्ष निकालेको थियो। अचानक केही समयका लागि सबै कुरा बिर्सने यो घटना चिसो पानीमा पस्दा, टाउकोमा चोट लाग्दा र एकदमै जोसिएर यौन सम्पर्क राख्दा हुन सक्ने बताइएको छ।

कहिलेकाहीं त्यस्तो अवस्थामा घन्टौंसम्म पनि स्मरण शक्ति नफर्कन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तो अवस्थामा नयाँ सम्झना वा हालसालै घटेका घटनाहरू सम्झिन नसक्ने गरेको पाइएको छ।

यसरी निकै रोमाञ्चित र जोसिएर यौन सम्पर्क गरेको भोलिपल्ट डिनरमा के खाएको भन्ने पनि बिर्सने गरेको बताइएको छ। यस तथ्यको कारण मानिसहरू यौनबाट टाढिन सक्ने भएकाले तर यौनले पीडाबाट छुट्कारा दिई मनलाई शान्त पार्ने तथा मीठो निन्द्रा दिलाउने भने पक्कै बिर्सन नहुने पनि अनुसन्धानकर्ताहरूले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij