• Tuesday 8th of September 2026

एसईई र कक्षा १२ को परीक्षा गर्न तीन विकल्प सिफारिस


  • आशाका किरण

राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले तत्काल संक्रमण सामान्य नहुने ठहरसहित वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनमा जोड दिएको छ ।

परीक्षा सञ्चालनमा हतार नगर्न सुझावसहितको सिफारिस गरिएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ‘विभिन्न विकल्प दिएका छौं, मन्त्रालयले मन्त्रिपरिषद्मा लगेर निर्णय गरेपछि त्यसैअनुसार परीक्षा हुन्छ,’ उनले भने । सामान्य अवस्था भए परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्न उपयुक्त हुने बोर्डले जनाएको छ तर तत्काल सामान्य अवस्था हुने सम्भावना कम छ ।

यस्तो परिस्थितिमा वैकल्पिक विधिबाटै कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्न सिफारिस गरिएको अर्यालले जानकारी दिए । क्रमिक रूपमा संक्रमण घट्दै गए होम सेन्टरमा लिखितसहित आंशिक रूपमा वैकल्पिक परीक्षा सञ्चालन गरेर पनि मूल्यांकन गर्न सकिने बोर्डले जनाएको छ ।

कक्षा १० को परीक्षा गत वर्षको जस्तै आन्तरिक मूल्यांकनका आधारमा पनि सञ्चालन गर्न सकिने बोर्ड सदस्यहरूको जोड थियो । त्यसका लागि गत वर्षको कमीकमजोरीमा सुधार गर्नुपर्ने उनले बताए । गत वर्ष आन्तरिक मूल्यांकनमा शिक्षकले जथाभावी नम्बर दिँदा उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या अस्वाभाविक रूपमा बढेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij