• Saturday 25th of July 2026

आइतबार दुई हजार ५४८ कोरोना सङ्क्रमित, ५५ को मृत्यु


  • आशाका किरण

गएको २४ घन्टामा नेपालमा दुई हजार ५४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
देशभरका विभिन्न प्रयोगशालामा नौ हजार ३३ जनाको आरटी–पिसीआर परीक्षण गर्दा दुई हजार १३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी तीन हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ४११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ५५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप दुई हजार २९ जना कोरोना सङ्क्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेशनमा रहेका ती सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना सङ्क्रमित भइ निको हुनेको दर ९३ दशमलव ६ प्रतिशत रहेको छ । हालसम्म छ लाख ६९ हजार २९९ जनाले कोरोनालाई जितेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij