• Wednesday 9th of September 2026

‘जहाँ फार्मेसी, त्यहाँ फार्मासिष्ट’


  • आशाका किरण

जहाँ फार्मेसी हुन्छ, त्यहाँ फार्मासिष्ट नहुँदा समस्या भएको गुनासो बढेको छ । नेपाल फार्मेसी सङ्घका जिल्लाअध्यक्ष सुलभ अधिकारीले शनिबार परेको विश्व फार्मेसी दिवसका अवसरमा घोराहीको बिपीचोकमा आयोजित कार्यक्रममा उहाँले अहिले फार्मेसी भए पनि फार्मासिष्टभन्दा अन्य व्यक्तिबाट औषधि वितरण हुँदा बिरामीमा परेको असरबारे ध्यान दिन आग्रह गर्नुभयो ।

फार्मेसी पढेका व्यक्तिका लाइसेन्स भाडामा दिँदा अन्य व्यक्तिले त्यसको फाइदा लिने गरेकाले त्यसमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका फार्मेसी विभाग प्रमुख केशरमान बिसीले विद्यार्थीले फार्मेसीको महत्व बुझ्नुपर्ने आवश्यकता औल्याउनुभयो । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका फार्मेसी अधिकृत रोशन तिमिल्सिनाले औषधि ऐन २०३५ अनुसार जहाँ औषधि हुन्छ, त्यहाँ फार्माष्टि हुनैपर्नेमा अहिलेसम्म त्यस्तो व्यवस्था नभएको गुनासो गर्नुभयो ।
स्वास्थ्य कार्यालयका फार्मेसी अधिकृत प्रविन तिमिल्सिनाले औषधिमा अर्बौ बजेट भए पनि फार्मासिष्ट नहुँदा औषधि वितरण, भण्डारणलगायतमा समस्या रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij