• Wednesday 9th of September 2026

१२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याइने : मन्त्री खतिवडा


  • आशाका किरण
sf7df8f}F, !! sflQsM sf]le8 –!( sf] ;ªs6 Joj:yfkg a}7sdf :jf:Yo dGqL vltj8f k|wfgdGqL lgjf; afn'jf6f/df laxLaf/ a;]sf] sf]le8 –!( sf] ;ªs6 Joj:yfkg ;dGjo s]G›sf] a}7sdf wf/0ff /fVb} :jf:Yo tyf hg;ªVofdGqL lj/f]w vltj8f . tl:a/M /f]zg ;fksf]6f÷/f;;

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले भारत र चीनमा १२ वर्षमुनिका बालकालिकाका लागि खोपको परीक्षण भइरहेको र त्यसको सफल परीक्षणपश्चात नेपालले पनि खोप ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । “बाह्र वर्षमुनिका बालबालिकाका लागि लगाउने खोपको अहिले भारत र चीनमा दोस्रो चरणको सफल परीक्षण सकेर तेस्रो (अन्तिम) चरणको परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “तेस्रो चरणको सफल परीक्षण सकेर विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिइसकेपछि हामीले उक्त खोप ल्याउँछाँै ।”

भारत वा चीन जसले हामीलाई चाँडो खोप उपलब्ध गराउँछ सोही मुलुकबाट खोप ल्याइने तयारी भइरहेको उहाँको भनाइ छ । अहिले १२ वर्षभन्दामाथिका उमेरसमूहका बालबालिकालाई लगाउनका लागि सरकारले फाइजर र मोर्डना खोप ल्याउन थालेको छ । केही दिनअघि मात्र अमेरिका सरकारले कोभ्याक्समार्फत नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको थियो ।

मन्त्री खतिवडाले फाइजर ६० लाख र मोडर्ना ४० लाख मात्रा खोप सुनिश्चित गरिएको जानकारी दिनुभयो । “हामी खोपका लागि पैसा पनि तिरिसकेका छौँ”, उहाँले भन्नुभयो, “चाँडै नै फाइजर र मोडर्ना खोप ल्याउँछौँ ।” ती दुबै खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइन्छ । उहाँले स्वास्थ्य संवेदनशीलतामा भ्रष्टाचार हुन नदिने प्रतिबद्धतासमेत जनाउनुभयो । “यसअघि स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताका कुरा आएका थिए”, उहाँले भन्नुभयो, “तर म आएपछि अब स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भ्रष्टाचार र अनियमितता हुन दिँदैन ।”

मन्त्री खतिवडाले कोरोना भाइरसको उपचार गरेका केही अस्पतालले तोकेभन्दा बढी पैसा मागेको हुनाले रकम निकासा नगरिएको बताउनुभयो । “केही अस्पतालले तीन दिनका बिरामीलाई १३ दिन भर्ना गरिएको, शय्यामा राखेर उपचार गरिएका बिरामीलाई सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटरमा राखेर उपचार गरिएको भनेर गलत रिर्पोट बुझाएर रकम माग गरेको पाइयो”, उहाँले भन्नुभयो, “रु १० हजारको बिल बढाएर अस्पतालले रु ९० हजार पनि पु¥याएको पाइयो । त्यही भएर हामीले त्यस्ता अस्पतालको रकम निकास गरेका छैनौँ ।”

मन्त्री खतिवडाले केही औषधिमा औषधि उत्पादक सङ्घले मनोमानीरूपमा पैसा बढाएको भन्ने गुनासो आएकाले सत्यतथ्य बुझ्न मन्त्रालयका सचिवलाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रममा निःशुल्क बनाउने आफूले प्रयास गर्नेसमेत बताउनुभयो । “अहिले लोपोन्मुख र अल्पसङ्ख्यकलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने प्रयास रहेको छु”, उहाँले भन्नुभयो, “लोपोन्मुख र अल्पसङ्ख्यकलाई निःशुल्क गराए विस्तारै अन्य वर्गलाई पनि निःशुल्क स्वास्थ्य बिमा गराउन सकिन्छ ।” स्वास्थ्य बिमा कार्यक्रममा प्रतिपरिवारले वार्षिक रु तीन हजार ५०० को बिमा गरे रु एक लाखसम्म निःशुल्क उपचार गर्न पाइन्छ ।

मन्त्री खतिवडाले सबैलाई स्वास्थ्य सेवाको सहज पहुँच पु-याउने दृढता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij