• Saturday 25th of July 2026

सूर्तीजन्य पदार्थका रोकथामका लागि पहल गर्छु : मन्त्री खतिवडा


  • आशाका किरण
sf7df8f}F, !! sflQsM sf]le8 –!( sf] ;ªs6 Joj:yfkg a}7sdf :jf:Yo dGqL vltj8f k|wfgdGqL lgjf; afn'jf6f/df laxLaf/ a;]sf] sf]le8 –!( sf] ;ªs6 Joj:yfkg ;dGjo s]G›sf] a}7sdf wf/0ff /fVb} :jf:Yo tyf hg;ªVofdGqL lj/f]w vltj8f . tl:a/M /f]zg ;fksf]6f÷/f;;

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकारमञ्च नेपालले सयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकका उहाँले कुनै उपाय अपनाएर भए पनि सूर्तिजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने जानकारी दिनुभयो ।

उहाँले मूल्यअभिवृद्धि कर बढाएर र सूर्तीजन्य पदार्थको वट्टामा चित्र राखेर सेवनमा नियन्त्रण गर्न खोजे पनि प्रभावकारी नभएको जनाउँदै चिकित्सकले कुनै डर सिर्जना गरेर सेवनलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
उहाँले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यन्वयन गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सूर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सूर्तीजन्य बनेका ऐन, कानूनलाई कडाइका साथ लागू गर्नुपर्ने बताउनुभयो । परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले सूर्तीजन्य सेवनबाट बर्सेनि हजारांै मानिसको अकालमा नै मृत्यु हुने गरेको बताउनुभयो ।

उहाँले सबैको सहयोगबाट सूर्तीजन्य पदार्थको सेवन रोकथाम र नियन्त्रण गर्नुपर्ने बताउनुभयो । शहीद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले सूर्तीजन्य पदार्थको सेवनबाट धेरैनै मानिसलाई हृदयघात हुने गरेको बताउनुभयो ।

उहाँका अनुसार विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको उल्लेख गर्दै हृदयघात हुने सबैभन्दा बढी सूर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij