• Wednesday 9th of September 2026

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु


  • आशाका किरण
hfh/sf]6, ( dªl;/ M :jf:Yo ;]jf sfof{no, hfh/sf]6af6 clS;hg pTkfbg ;'? . b}lgs $) l;ln08/ eg{ ;lsg] sfof{nosf] egfO 5 . t:jL/ M x]dGt s];L÷/f;;

जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन सुरु गरेको छ । रु ८० लाखमा खरिद गरिएको उक्त प्लान्टबाट दैनिक ४० भन्दा वढी सिलिण्डर भर्न सकिने छ ।

पचास श्ययाको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी छ । झण्डै रु ३२ करोडमा नयाँ अत्याधुनिक भवन बन्ने जनाइएको छ । भवन निर्माण ७० प्रतिशत पूरा भएको छ । कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा मात्र ५० शश्याको अस्पताल छ । प्रदेश सरकारका मताहातमा स्वास्थ्य सेवा कार्यालय भए पनि सङ्घीय बजेटमा सो प्लान्ट खरिद गरिएको जनाइएको छ ।

पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले प्लान्टको शुभारम्भ गर्दै जिल्लाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका आफू सधैँ सक्रिया भएको बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अक्सिजन उत्पादनसँगै स्वास्थ्य सेवा प्रवाहमा थप सहज भएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij