• Wednesday 9th of September 2026

मकवानपुरमा ५९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाए


  • आशाका किरण
gful/snfO{ sf]/f]gflj?4sf] vf]k s~rgk'/, !@ dªl;/ M z'SnfkmfF6f gu/kflnsf–# l:yt cfwf/e"t :jf:Yo s]Gb|sf :jf:YosdL{ gful/snfO{ sf]/f]gflj?4sf] vf]k nufpFb} . c7f/ jif{dflysf JolQmnfO{ s]Gb|af6} vf]k nufpg] Joj:yf ul/Psf] 5 . tl:a/ M /fh]Gb|k|;fb kg]?÷/f;;

मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकामा ८८ प्रतिशत र अन्य पालिका र स्थानीय ग्रामीण तथा दुर्गम क्षेत्रमा २४ देखि ३० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको जनाइएको छ । जिल्लामा एकमात्रा मात्र खोप लगाएका ५१ प्रतिशत र दुई मात्रा खोप लगाएका ५९ प्रतिशत रहेको बताइएको छ । मकवानपुर जिल्लामा अठार वर्षमाथिकाको जनसङ्ख्या तीन लाख चार हजार ६४७ रहेको र ती सबैलाई सो खोप दिने लक्ष्य रहेको सो कार्यालयले जनाएको छ ।

सबै गाउँपालिकामा खोपको व्यवस्था गरिएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । कोरोनाविरुद्धको कार्यक्रमअन्तर्गत कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तथा हेटौँडा अस्पतालसँगको सहकार्यमा नियमितरुपमा कार्यक्रम सञ्चालन भइरहेको र कोरोनाविरुद्धको खोपको विवरण सङ्कलन भई सार्वजनिक पनि हुँदै आएको कार्यालयले जनाएको छ ।

कोरोना नियन्त्रणका साथै कोरोना सङ्क्रमितको सहज उपचारका लागि १७ वटा एम्बुलेन्समा जिपिएस जडान गरी कोरानाविरुद्धको खोपलाई प्राथमिकतामा राखेर खोप दिइएको कार्यालयले जनाएको छ ।

साथै सो कार्यालयले क्षयरोग, कुष्ठरोग, मानसिक रोग र एचआइभी सङ्क्रमको उपचार भइरहेको बताइएको छ । सो कार्यालयले चालू आर्थिक वर्षमा विभिन्न स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस कार्यालयबाट बाल स्वास्थ्य कार्यक्रमअन्तर्गत पोषण कार्यक्रम, बालबालिकामा नियमित खोप, बालभिटा, जुकाको औषधि वितरण, परिवार स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजनसम्बन्धी सेवाका स्थायी साधन र विभिन्न आवश्यक सामग्री स्थानीय तहसँग समन्वय गरेर सेवा उपलब्ध गराइएको छ ।

यस्तै सामुदायिक स्वास्थ्य सेवाअन्तर्गत गाउँघर क्लिनिक, सुत्केरी सेवा तथा राष्ट्रिय भिटामिन ए कार्यक्रम र गर्भ जाँच गर्ने जस्ता सेवालगायतका जनचेतना कार्यक्रम सो कार्यालयले गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij