• Wednesday 9th of September 2026

गण्डकीमा थप २३८मा कोरोना सङ्क्रमण


  • आशाका किरण

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३८मा कोरोना सङ्क्रमण देखिएको छ ।प्रदेशभित्रका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणमा सबैभन्दा बढी कास्कीका ९० मा कोरोना सङ्क्रमण देखिएको थियो । त्यस्तै यस अवधिमा स्याङ्जाका ५९, पर्वतका २०, म्याग्दीका १८, लम्जुङका १६, वाग्लुङका १२, नवलपरासी पूर्वका ११, तनहुँका छ, गोरखाका चार, मुस्ताङका दुई जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

यस अवधिमा प्रदेशमा ९३५ निको भएका र चार हजार ५१९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

एकको मृत्यु

स्याङ्जाको भिरकोट नगरपालिका–७ का ७२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । गत पुस २४ गते कोरोना सङ्क्रमण पुष्टि भएकोमा आज बिहान ८.५५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij