• Tuesday 8th of September 2026

जर्मनी राजदूतद्वारा कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्डको उद्घाटन


  • आशाका किरण
afn lrlsT;f jf8{ pb3f6g sf7df8f}F, @ kmfu'gM g]kfnsf nflu hd{gLsf /fhb"t 8f yd; lk|Ghn] sLlt{k'/ c:ktfndf lgdf{0f ul/Psf] afn lrlsT;f jf8{sf] cfh pb3f6g ub}{ . tl:a/ M s[i0f clwsf/L÷/f;;

नेपालका लागि जर्मनीका राजदूत डा थमस प्रिन्जले कीर्तिपुर अस्पतालमा निर्माण गरिएको बाल चिकित्सा वार्डको आज उद्घाटन गर्नुभएको छ । नेपालमेड इभि जर्मनीको सहयोगमा सो वार्डको निर्माणपछि बालबालिकाले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् ।

सो अवसरमा राजदूत प्रिन्जले जर्मनी सरकारले विकास सहयोगअन्तर्गत नेपालका विभिन्न परियोजना लामो समयदेखि नेपालको ऊर्जा क्षेत्र, स्थानीय सरकारको सवलीकरण तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले बाल चिकित्सालाई सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताउनुभयो । नेपालमेड इभि जर्मनीका अध्यक्ष डा आर्ने ड्रिउजले सो संस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण, मानवसंशाधन विकास र दक्षता अभिवृद्धिमा सहयोग गर्दै आएको जनस्तरबाट भएको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउँदै लैजाने बताउनुभयो । फेक्ट नेपालका अध्यक्ष डा भरत प्रधानले जर्मनीमा विभिन्न क्षेत्रमा कार्यरत नागरिकको पहलमा स्थापित नेपालमेड संस्थाले २०७२ सालको महाभूकम्पपछि नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको बताउनुभयो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नेपालमेड संस्थाले नागरिकस्तरबाट कीर्तिपुरको स्वास्थ्य, शिक्षाका क्षेत्रमा पु-याएको सहयोगको प्रशंसा गर्नुभयो । फेक्ट नेपालका कार्यकारी निर्देशक गौरी प्रधानले स्थानीय सरकारसँगको सहकार्यमा सामुदायिक ढाँचामा सञ्चालन गरिएको कीर्तिपुर अस्पतालले छोटो समयमै विशिष्ठ स्वास्थ्य सेवा प्रदान गर्न सक्षम भएको जनाउँदै बाल चिकित्सा वार्डको निर्माणले मातृ तथा नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा पु-याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले नेपालमेडको सहयोगमा कार्यान्वयन गरिएका विभिन्न स्वास्थ्य परियोजनाका बारेमा जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij