• Wednesday 9th of September 2026

नेशनल प्याब्सनको अध्यक्षमा वर्तमान महासचिव सुवास न्यौपानको उम्मेदवारी घोषणा


  • आशाका किरण
sf7df8f}F, !* kmfu'g . g]zgn KofJ;gsf] oxL kmf'ug @@ ut]b]lv x'g] ;ftf}+ /fli6«o dxflwj]zgdf cWoIf kbsf nflu pDd]bjf/ 3f]if0ff ub}{ ;'jf; Gof}kfg] . tl:a/ M /Tg >]i7, /f;; .

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान महासचिव सुवास न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एपेक्स लाइफ स्कुलका संस्थापक एवं प्रिन्सिपल न्यौपानेले आज पत्रकार सम्मेलन गरेर संस्थागत विद्यालयका हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी हुने बताउनुभयो ।

सो सङ्गठनको महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ ।

नेशनल प्याब्सनको काठमाडौँ जिल्लाका पूर्वअध्यक्ष न्यौपानेले अग्रज र सक्रिय विद्यालय सञ्चालकले आफूलाई समर्थन गर्ने र आपसी परामर्शबाट अन्य पदाधिकारी तय गर्ने बताउँदै संस्थाको आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, प्राकृतिक विपद् राहत कोषमा रकम वृद्धि गर्नेसहित १३ बुँदे योजना सार्वजनिक गर्नुभयो ।

पूर्वअध्यक्ष कर्णबहादुर शाहीलगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत लामो समयेदेखि नेपालमा स्थापित रहेका निजी तथा आवासीय विद्यालयले शैक्षिक उन्नयनका लागि ठूलो योगदान गरेको र देश सुहाउँदो सर्वाङ्गीण विकासका लागि आवश्यक शैक्षिक जनशक्तिको निर्माण गरी देशको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणतर्फ अघि बढाउने दायित्वबाट निजी विद्यालय कहिल्यै पछि नपरेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij