• Wednesday 9th of September 2026

झापामा सुरु भयो खोज पत्रकारिता तालिम


  • आशाका किरण

पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेचीनगर नगरपालिकाको धुलाबारीमा खोज पत्रकारिता तालिम आजदेखि सुरु भएको छ ।

नेपाल पत्रकार महासङ्घ झापा शाखाले ‘स्थानीय सरकारका सवलाहरु” विषयमा कसरी समाचार खोज्ने र लेख्ने भन्ने विषयमा सुरु गरेको उक्त तालिमको सहजीकरण वरिष्ठ पत्रकार मोहन मैनालीले गर्नुभएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त तालिममा मेचीनगर, विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका २५ पत्रकार सहभागी छन् ।

कोभिड–१९ का कारण लामो समयपछि पत्रकारिता तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij