• Tuesday 8th of September 2026

एयर होस्टेस विधामा ५५ जना दीक्षित


  • आशाका किरण
sf7df8f}+ . g]kfn Po/xf]:6]; Psf8]dLdf cWoog/t !^, !& / !*cf}F Jofrsf %% Po/ xf]:6]; bLlIft ePsf 5g . sf7df8f}+sf] xflQ;f/df ePsf] Ps u|fh'P;g ;df/f]xdf bLlIft eP/ k|df0fkq kfP;Fu} pgLx?sf] ljdfg kl/rfl/sf aGg] jf6f] v'Nnf ePsf] 5 .

सात महिना पहिला एयर होस्टेस बन्ने सपना बुनेर नेपाल एयर होस्टेस एकेडेमीमा भर्ना भएका ५५ जना एयर होस्टेस आज दीक्षित भएका छन् । सो एकेडेमीमा अध्ययनरत १६, १७ र १८औँ ब्याचका युवतीलाई दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुलाई विमान परिचारिका बन्ने अवसर खुलेको छ । सात महिनाको अथक प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीका लागि सक्षम बनेको सो एकेडेमीका निर्देशक रेजिना तुलाधरले जानकारी दिनुभयो ।

विमान परिचारिकालाई ग्ल्यामर तथा आर्कषक पेशा मानिन्छ । आकाशमा उड्ने यो पेशा जति रोमाञ्चक छ, उत्तिकै जिम्मेवारी पनि बहन गर्नुपर्ने खालको हुन्छ । त्यसैले यसको आकर्षण पनि बढ्दो छ । दीक्षान्त समारोहमा एकेडेमीका मुख्य प्रशिक्षक एवं नेपाल वायुसेवा निगमका सेवानिवृत्त वरिष्ठ एयर होस्टेस गौरी कला थापा, भारतीय मूलकी अन्तर्राष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, व्यक्तित्व प्रशिक्षक रोजिन शाक्य तथा संस्थाका अध्यक्ष प्रदीपराज वन्तले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा सम्पूर्ण दीक्षित विद्यार्थीलाई प्रमाणपत्रका साथै तथा हरेक ब्याचका उत्कृष्ट विद्यार्थीलाई मेडलसमेत प्रदान गरिएको थियो । यसको अर्को आकर्षक कुरा के छ भने क्षणभरमा एक ठाउँबाट अर्को ठाउँको हावापानी, सांस्कृतिक र सामाजिक वातावरणको अनुभव गर्न सकिन्छ । पढ्नुपर्ने विषयमा विमानको इतिहास र प्रकार, यात्रु सुरक्षा, यात्रु सत्कार, फायर फाइटिङ रहेको छ । यस्तै उक्त विषय पढ्दा विभिन्न विषयवस्तुलाई ‘फोकस’ गरिन्छ । जस्तै ड्रेस र मेकअप, फुड सर्भिस, प्राथमिक उपचार विधि, व्यक्तित्व विकास, आत्मरक्षा, पौडीलगायतका विषयलाई बढी प्राथमिकताका साथ शिक्षा प्रदान गरिन्छ ।

उनीहरुले विमानस्थल, विमान कम्पनी, एयरपोर्ट लञ्च, ग्राउन्ड होस्टेस, कर्पोेरेट कार्यालय, ट्राभल एजेन्सीलगायत विभिन्न कार्यालयमा फ्रन्ट डेस्कमा सजिलै काम गर्न सक्छन् । विमान परिचारिका भइसकेपछि विभिन्न काम गर्नुपर्ने हुन्छ । जस्तै यात्रुको सत्कार गर्ने, यात्रुलाई सुरक्षाको अनुभूति दिलाउने, यात्रुको कमाण्ड लिने, यात्रुलाई अप्ठ्यारो समयमा सान्त्वना दिने, सूचना प्रवाह गर्ने, मौसमसम्बन्धी जानकारी दिने, परिचयपत्र जाँच गर्ने गर्नुपर्छ । राष्ट्रिय उडानमा मासिक न्यूनतम रु ३० हजारदेखि ८० हजारसम्म कमाइ हुन्छ भने अन्तर्राष्ट्रिय उडानमा मासिक रु एक लाखदेखि दुई लाख रुपैयाँसम्म पनि कमाइ हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij