• Wednesday 9th of September 2026

नेपालमा कोरोना भाइरस सङ्क्रमण फेरि बढ्न थाल्यो


  • आशाका किरण
SSUCv3H4sIAAAAAAAEAH1SQW6DMBC8V+ofIp8T1dhAQl/QS18Q9WBsJ1gBHNkmVRTx9y4YwiatevPOzK521nN7fVmtSCm8keR9dRsqqE1ddz44EYxtAU7WE66VCdYZUQNIB6wfGeKDCJ3XHo1IGHcHqPncW5qjD1aezpUNFg+Vov2bUE6LxgfTaIweQFUbgaGzbVWGAV91IWg3jh1wtKoUQR/Bw8Oys/99rFczMe0XgCIfWtShksLpt0+4g

पछिल्लो दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आज ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार ३१ जना र मङ्गलबार १९ जनामा सङ्क्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा दुई हजार ४९४ नमूना परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा १२ जना सङ्क्रमणमुक्त भएका छन् । हाल १६३ जना सक्रिय सङ्क्रमित छन् । आज ८५ हजार ६५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म ११ लाख १९ हजार ८६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने ११ हजार ९५२ जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij