• Wednesday 9th of September 2026

४१ जना कोरोना सङ्क्रमित थपिए


  • आशाका किरण
SSUCv3H4sIAAAAAAAEAH1SQW6DMBC8V+ofIp8T1dhAQl/QS18Q9WBsJ1gBHNkmVRTx9y4YwiatevPOzK521nN7fVmtSCm8keR9dRsqqE1ddz44EYxtAU7WE66VCdYZUQNIB6wfGeKDCJ3XHo1IGHcHqPncW5qjD1aezpUNFg+Vov2bUE6LxgfTaIweQFUbgaGzbVWGAV91IWg3jh1wtKoUQR/Bw8Oys/99rFczMe0XgCIfWtShksLpt0+4g

पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ३५८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल २०८ जना सक्रिय सङ्क्रमित छन् । सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४०९ पुगेको छ । सङ्क्रमितमध्ये सङ्क्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज एक लाख २७ हजार ७९२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । मन्त्रालयले यही असार ९ देखि १५ गतेसम्म ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाइरहेका छन् ।

हाल होम आइसोलेशनमा २०२, संस्थागत आइसोलेशनमा ६ जना र तीन जनाको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले सङ्क्रमण बढिरहेको बताउनुभयो । सङ्क्रमण बढेसँगै भारतबाट नेपाल आउनेमा कोरोना परीक्षण सुरु गरिएको र उनीेहरूमा कोरोनासँगै मलेरिया सङ्क्रमण पनि भेटिएको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij