• Wednesday 9th of September 2026

नेपालमा थप ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि


  • आशाका किरण
SSUCv3H4sIAAAAAAAEAH1SQW6DMBC8V+ofIp8T1dhAQl/QS18Q9WBsJ1gBHNkmVRTx9y4YwiatevPOzK521nN7fVmtSCm8keR9dRsqqE1ddz44EYxtAU7WE66VCdYZUQNIB6wfGeKDCJ3XHo1IGHcHqPncW5qjD1aezpUNFg+Vov2bUE6LxgfTaIweQFUbgaGzbVWGAV91IWg3jh1wtKoUQR/Bw8Oys/99rFczMe0XgCIfWtShksLpt0+4g

देशभर पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ६९८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ५३२ जनाको पिसिआर र एक हजार १६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा १७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४६२ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार ४७७ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २८० रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा २७४, संस्थागत आइसोलेसनमा छ र आइसियुमा तीन जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा २०० भन्दाबढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, इलाम, तेह्रथुम, ताप्लेजुङ, सप्तरी, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, तनहुँ, नवलपरासीपूर्व, बागलुङ, रुकुमपूर्व, दाङ, प्यूठान, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम र कालीकोट रहेका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १३१, ललितपुरमा ३४ र भक्तपुरमा नौ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमण दर १७ दशमलव प्रतिशत छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij