• Wednesday 9th of September 2026

बाँकेमा पुनः तीनमा कोरोना सङ्क्रमण


  • आशाका किरण
SSUCv3H4sIAAAAAAAEAH1SQW6DMBC8V+ofIp8T1dhAQl/QS18Q9WBsJ1gBHNkmVRTx9y4YwiatevPOzK521nN7fVmtSCm8keR9dRsqqE1ddz44EYxtAU7WE66VCdYZUQNIB6wfGeKDCJ3XHo1IGHcHqPncW5qjD1aezpUNFg+Vov2bUE6LxgfTaIweQFUbgaGzbVWGAV91IWg3jh1wtKoUQR/Bw8Oys/99rFczMe0XgCIfWtShksLpt0+4g

बाँकेमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा शङ्कास्पद तीन नमूनाको पिसिआर परीक्षण गर्दा आज उनीहरुमा सङ्क्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

उहाँले दुई पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको उल्लेख गर्दै उनीहरु होम आइसोलेशनमा बसेको बताउनुभयो ।

कोभिड पुष्टि भएका दुई नेपालगञ्ज–१८ र एकजना नेपालगञ्ज–१० का हुन् । केही दिन यता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरुमा पनि सङ्क्रमण देखिन थालेको छ ।

फोकल पर्सन वलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गर्दै कोभिड खोप लगाउन र दोस्रो मात्रा पूरा लगाएको तीन महिना पुगेकाहरुलाई बुस्टर खोप लगाउनसमेत आग्रह गर्नुभएको छ । सो नाकामा स्वास्थ्य कार्यालयको हेल्प डेस्क खडा गरेरसमेत नियमित कोरोनाको परीक्षण हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij