• Wednesday 9th of September 2026

ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला


  • आशाका किरण
SSUCv3H4sIAAAAAAAEAH1SQW6DMBC8V+ofIp8T1dhAQl/QS18Q9WBsJ1gBHNkmVRTx9y4YwiatevPOzK521nN7fVmtSCm8keR9dRsqqE1ddz44EYxtAU7WE66VCdYZUQNIB6wfGeKDCJ3XHo1IGHcHqPncW5qjD1aezpUNFg+Vov2bUE6LxgfTaIweQFUbgaGzbVWGAV91IWg3jh1wtKoUQR/Bw8Oys/99rFczMe0XgCIfWtShksLpt0+4g

नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति (द्यब्छ’) हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताउनुभयो । “हामीलाई पनि हिजो धुलिखेल अस्पतालबाट ओमिक्रोनको नयाँ प्रजातिका बारेमा जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “कुन बिरामीमा ओमिक्रोनको नयाँ प्रजाति भेटिएको भन्नेबारमा हामीले अध्ययन गरिरहेका छौँ ।”

नेपालमा यसभन्दाअघि ओमिक्रोनको द्यब्द्द प्रजातिको भेरियन्ट भेटिएको थियो । महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रमित बिरामीको नमूनाको जीन सिक्वेन्सिङ अध्ययन गरिरहेको छ । निर्देशक डा दासले एक÷दुई दिनमा काठमाडौँमा गरिएको जीन सिक्वेन्सिङबारे थाहा हुने बताउनुभयो । नेपालका केही दिनदेखियता यसको सङ्क्रमण दर बढिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij