• Wednesday 9th of September 2026

रास्कोटमा १५ श्यया अस्पताल बन्दै


  • आशाका किरण

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा १५ श्ययाको अस्पताल निर्माण हुने भएको छ । नगरवासीलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि रास्कोटमा १५ श्ययाको नगर अस्पताल निर्माण हुन लागेको हो । नगर प्रमुख धर्मराज शाहीले अस्पाताल शिलान्यास गर्दै आगामी दिनमा नगरपालिकाका कुनै पनि नागरिकले स्वास्थ्य सेवा लिन अन्य ठाउँमा जानु नपर्ने गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल निर्माण गर्ने लागिएको जानकारी दिनुभयो ।

“स्थानीय सरकारको दायित्वमा नागरिकको स्वास्थ्य पनि पहिलो प्राथमिकता हो”, उहाँले भन्नुभयो, “अस्पताल निर्माणको पहिलो प्राथमिकतामा भौतिक पूर्वाधार निर्माण भएकाले यसतर्फ लागेका छौँ ।”
अस्पताल निर्माणका लागि रु एक करोडभन्दा बढी लाग्ने नगरपालिका इञ्जिनीयर नरेशविक्रम शाहीले बताउनुभयो । “एक वर्षभित्र निर्माण सक्ने गरेर ठेक्का प्रक्रियामा गएको छ”, उहाँले भन्नुभयो, “अस्पतात बालमैत्री अपाङ्गमैत्री र जटिल खालका बिरामीलाई सबै वडामा सेवा उपलब्ध गराउने गरेर भौतिक संरचना निर्माण गरिनेछ ।”

अस्पताल निर्माणको ठेक्का प्रक्रिया अगाडि बढेर निर्माणको थालनी भइसकेकाले रास्कोटका नागरिकले विषेशज्ञ सेवासहितको जटिल खालका रोग, सुत्केरी सेवालगायत स्वास्थ्य सेवा उपलब्ध गराउने गरी अस्पताल निर्माण गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिनुभयो । “हामीले सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो, “सकभर नगरपालिकाका बासिन्दाले सामान्य उपचारका लागि बाहिर जान नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij