• Tuesday 8th of September 2026

महानगरमा एक वडा : एक नमूना विद्यालय


  • आशाका किरण

काठमाडौँ महानगरपालिकाले एक वडा : एक नमूना कार्यक्रमअन्तर्गत छनोट गरिएका सामुदायिक विद्यालयमा प्रत्येक विद्यालयलाई कुनै एक विषयको केन्द्र (हब) बनाउन थालेको छ । दुई वर्षअघि सञ्चालित नमूना विद्यालय कार्यक्रमका लागि महानगरपालिकाले प्रत्येक वडाबाट छनोट भएका कूल ३२ सामुदायिक विद्यालयलाई प्रतिविद्यालय रु रु दुई लाखका दरले वार्षिक अनुदान दिएको छ भने उक्त अनुदान बढाउँदै लाने योजना बनाएको छ ।

काठमाडौँ महानगरपालिका—२९ स्थित नमूना छनोट भएको विजय स्मारक माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रममा महानगरका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले नमूना विद्यालयबाट अन्य विद्यालयले असल अभ्यास र प्रयोग सिकेर शैक्षिक उपलब्धि बढाउन सक्ने बताउनुभयो ।

महानगरले विजय स्मारक माविलाई शैक्षणिक योजना, वार्षिक कार्यतालिका, एकाइ पाठयोजना, दैनिक पाठयोजना, एकीकृत पाठ्यक्रम, मूल्याङ्कन पद्धति, शिक्षक सुधार योजनालगायतका विषयमा हब बनाउने नीति लिएको छ ।

सो विद्यालयका शिक्षक सुलोना केसी र सुनिता लामाले ती विषयमा विद्यालयबाट आधारभूत तहमा भइरहेका शैक्षिक सुधारका क्रियाकलापबारे सहभागी अन्य विद्यालयका शिक्षकलाई अवगत गराउनुभयो भने विज्ञ प्रस्तोताका रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव बोधराज निरौलाले शैक्षिक उपलब्धि सुधारका उपायबारे प्रशिक्षण दिनुभएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले जानकारी दिनुभयो ।

स्थानीय ज्ञान विकास आवासीय विद्यालयका तर्फबाट पनि प्रस्तुतीकरण गराइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij