• Saturday 25th of July 2026

एसइईमा जिपिए ४ ल्याउने विद्यार्थीको पहिलो रोजाई बन्दै कालोपुलको जेभियर इन्टरनेशनल कलेज


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण मिडिया । जेभियर इन्टरनेशनल कलेज कालोपुल एसइईमा जिपिए ४ ल्याउने विद्यार्थीको पहिलो रोजाई बनेको छ । आज विद्या व्ययाम स्कुलबाट जिपिए ४ ल्याउने प्रकृति श्रेस्ठ जेभियर इन्टरनेशनल कलेज भर्ना भएकी हुन् । उत्कृष्ट शिक्षा,पर्याप्त खेल मैदान,सुविधा सम्पन्न पुर्वाधार ,सुबिधा सम्पन्न साईन्स ल्याब लगाएतले जेभियर इन्टरनेशनल कलेज कालोपुलको रौनकता झन थपेको छ ।

विगतका वर्षका नतिजा हेर्ने हो भने ए लेभलमा धेरै चोटि विश्व टप गरेको विद्यार्थी उत्पादन गर्ने थलो बनेको छ जेभियर ।२०७८ सालमा जेभियरबाट उतिर्ण छात्रछात्रा मध्य ४३ जना एम बि बि एस र ४६ जनाले इन्जिनियरिङ पढाई सुरु गरिसकेका छन् । बिबिए र कानुन संकायमा समेत जेभियर कलेज कालोपुलका विद्यार्थीले इन्ट्रान्स टप गरेर विश्वभर जेभियरका विद्यार्थी प्रतिस्पर्धा गर्न सक्छन् भनेर प्रमाणित गरिसकेको कलेज प्रशासन बताउँछन्।

कक्षा ११ मा दुई हजार विद्यार्थी पढाउन सक्ने कलेजको सामर्थ्य रहेको जेभियर इन्टरनेसनल कलेजका सिईओ लोक बहादुर भण्डारीले बताए । पढाईका अलावा फुटबल,फुटसल,बास्केटबल क्रीकेट जस्ता खेलहरुको प्रशिक्षण समेत कलेजले विद्यार्थीलाई उपलब्ध गराउँदै आएको भण्डारीले आशाका किरणलाई बताए। नेपाली राष्ट्रिय क्रीकेट टिमका क्याप्टेन सन्दीप लामिछाने जेभियर कलेजका ब्रान्ड एम्ब्यासडर समेत हुन् ।

कालोपुलमा रहेको जेभियर कलेजमा अत्यधुनिक विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब समेत रहेको छ । स्काउट,रेडक्रस र मोडल युनाइटेड नेशनजस्ता कार्यक्रमले विद्यार्थीको रोजाइमा जेभियर पर्न थालेको प्रधानाध्यापक गोपाल भण्डारी बताउँछन् ।

जेभियर इन्टरनेसनल कलेज २०१९ र २०२१ मा अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट भारत र दुबईमा पुरस्कृत कलेज समेत हो । काठमाडौंका सबै नाकाहरुबाट एसि सहितको बसले विद्यार्थी सहजै कलेज पुग्न सक्छन् । प्लस टु मा विज्ञान,म्यानेजमेन्ट मानविकी,शिक्षा र कानुन विषयमा पढाई हुने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij