• Saturday 25th of July 2026

अरुणिमाका एस.ई.ई. उतिर्ण विद्यार्थीहरू सम्मानित


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार। अरुणिमा शैक्षिक प्रतिष्ठानले २०७८ सालको एस.ई.ई. उतिर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ ।

पूर्व शिक्षामन्त्री केशरबहादुर विष्टको आतिथ्य तथा प्रतिष्ठानका सञ्चालक समिति सदस्य एवम् अरुणिमा माध्यमिक विद्यालय, बौद्धका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री भीमानन्द ढुङ्गानाको सभापतित्त्वमा समारोह सम्पन्न भएको थियो ।

उक्त समारोहमा प्रतिष्ठान अन्तर्गत अरुणिमा मा.वि., बौद्धका १ सय ३३ जना, नव अरुणिमा मा.वि. आरुबारीका ३० जना र अरुणिमा शिक्षा सदन मा.वि. महाँकालका ३६ जना विद्यार्थीहरू गरी जम्मा १ सय ९९ जना विद्यार्थीहरू सम्मानित भएका थिए ।

विद्यार्थीहरूलाई खादा लगाई सम्मान गरिनुका साथै मायाको चिनो प्रदान गरिएको थियो । परीक्षामा सम्मिलित भई उत्कृष्ट नतिजा प्राप्त  गर्ने अरुणिमा मा.वि. बौद्धका अनमोल खड्का, पुनम अधिकारी र यावत मल्ल तथा नव अरुणिमा मा.वि. आरुवारीका निराकार लामा एवम् अरुणिमा शिक्षा सदन मा.वि. महाँकालका सुहाना चौलागाईँलाई नगद पुरस्कार प्रदान गरी उनीहरूका अभिभावकहरूसहित अभिनन्दन गरिएको प्रतिष्ठानले जनाएको छ ।

सो समारोहमा प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल श्री ईश्वरीप्रसाद लामिछानेले विद्यार्थीहरूको परीक्षाफल विश्लेषण गर्नुका साथै प्रतिष्ठानको समग्र  शैक्षिक कार्यक्रम बारे प्रकाश पार्नुभएकोे थियो । प्रतिष्ठान अन्तर्गतका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूका नृत्य तथा साङ्गीतिक प्रस्तुतीहरूले समारोह थप रोचक बन्न पुगेको थियो ।

विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अतिथिहरू गरी ५ सयभन्दा बढी व्यक्तित्त्वहरूको सहभागिता रहेको कार्यक्रमको सहजीकरण अरुणिमा मा.वि.का अतिरिक्ति क्रियाकलाप प्रमुख  श्री खेमराज ढकालले गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij