• Friday 24th of July 2026

श्री ब्रम्हायणी माध्यमिक विद्यालयले आयोजना गरेको तीज विशेष कार्यक्रम सम्पन्न


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । श्री ब्रम्हायणी माध्यमिक विद्यालयले आयोजना गरेको तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

मन्डन देउपुर नगरपालिकाका प्रशासकीय प्रमुख डा. लाेक वहादुर लाेप्चनकाे प्रमुख आतिथ्य तथा शिक्षा शाखा प्रमुख डिक वहादुर राईकाे विशेष आतिथ्यतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेकुल डाेटेलकाे सभापतित्वमा तीज विषेश साँस्कृतिक कार्यक्रम सम्पन्न भयकाे थियाे ।

कार्यक्रममा मन्डन देउपुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष साेम प्रसाद ढकाल र विद्यालयका प्रधानाध्यापक सरोज सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यार्थीले आफ्नो गायन र नृत्यकला प्रस्तुत समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा लाेक वहादुर लोप्चनले विद्यालय र विद्यार्थीको गुणस्तर वृद्धिमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने र राम्रो काम गर्ने शिक्षक शिक्षिकालाई थप प्रोत्साहन गर्ने बताउनु भयो ।

कार्यक्रमको आयोजना विद्यालय्मा गठन भएको बाल क्लबले गको थियो भने कार्यक्रम संचालन ब्रम्हायणी विद्यालयका विद्यार्थीहरु बिमल ढकाल र अरुणा पुरीले गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij