• Tuesday 8th of September 2026

प्रदेश नम्बर १ ले आयोजना गरेको स्काउट उड ब्याज र गर्ल एडभान्स तालिम सम्पन्न


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण मिडिया ।नेपाल स्काउट प्रदेश कार्यालय, प्रदेश नम्बर १ बिराटनगरको आयोजनामा भाद्र ६ गते देखि १२ गते सम्म स्काउटको पुरुष तर्फको ४८ औं ब्वाए उड ब्याज तथा ४० औं गर्ल एडभान्स तालिम सुन्दरहरैचा नपाको जेसिस भवनमा सम्पन्न भएको छ। उक्त तालिममा पुरुष तर्फ रास्ट्रीय प्रशिक्षक तथा केन्द्रीय तदर्थ समिती सदस्य बिजेन्द्र ध्वजु र महिला तर्फ राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी कोर्स लिडर रहनु भएको थियो।

प्रदेश भरीका १० भन्दा बढी जिल्लाहरुबाट ३२ पुरुष र १८ महिलाको तालिममा सहभागीता रहेको प्रदेश कार्यालयका अधिकृत नवराज घिमिरेले बताए । तालिममा प्रशिक्षकका रुपमा सहायक रास्ट्रीय प्रशिक्षक लगायतको पुरुष र महिला विभागका १४ जनाको उपस्थिति रहेको थियो।

No description available.

तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीको प्रमुख आतिथ्यतामा एक भब्य समारोहका विच सम्पन्न भएको थियो । प्रमुख अतिथि सभामुख भण्डारीले स्काउटको विकास र विस्तारले समाजमा सकारात्मक प्रभाव छोड्ने विश्वास ब्यक्त गर्दै सरकारको ध्यान यस संस्थाको योजनामा पुग्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै बालबालिका तथा युवाहरुको वृद्धि विकासका निम्ति स्काउटर हरुले गर्नु भएको योगदानको उच्च प्रशंसा गर्दै उनले आगामी दिनमा यसको विकास र विस्तारमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रदेश तदर्थ समितीका संयोजक श्री रवि खनालले गर्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij