• Saturday 25th of July 2026

नेपाल स्काउटको मेसेन्जर अफ पिस स्थानीय संयोजकको भेला सम्पन्न


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण । नेपाल स्काउटले आयोजना गरेको ४ दिने आवासीय मेसेन्जर अफ पिस स्थानीय संयोजकको भेला सातै प्रदेशमा स्काउट परियोजना संचालन गर्न बाचा गर्दै फाल्गुण ८ गते सम्पन्न भएको छ ।

नेपाल स्काउटको ककनीमा रहेको अन्तर्राष्ट्रिय तालिम केन्द्रमा विभिन्न ७ प्रदेशका ३५ जना प्रतिनिधिले ३ रात ४ दिनको तालिममा सहभागिता जनाएका थिए ।

कार्यक्रममा सहभागीलाई नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई र राष्ट्रिय प्रशिक्षक देवराज घिमिरेले प्रशिक्षण दिनु भएको थियो ।

सहभागिलाई परियोजना तयार गर्ने बिधी,परियोजनाका प्रकारहरुर, कस्ता परियोजनाले समाजमा प्रभाव पार्छन्  र त्यसकोलागी सहयोग कसरी लिन सकिन्छ भन्ने ज्ञान प्रदान गरिएको नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले बताए ।

कार्यक्रम समापन गर्दै नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले ४ दिनको अवधीमा सिकेका ज्ञानलाई प्रयोग गरेर आ-आफ्नो प्रदेशमा रहेका पालिकामा स्काउटको सदस्यता वृद्धिगर्न निर्देशन समेत दिनु भएको थियो ।

सातै प्रदेशबाट नयाँ अनुहार आफुले देख्दा स्काउट बल्ल बास्तबिकतामा युवा र विद्यार्थीको हातमा पुगेको भन्दै संयोजक भण्डारीले भविस्यमा नेपाल स्काउटको नेतृत्व लिन तयार हुन अनुरोध समेत गर्नु भएको छ ।

कार्यक्रममा सहभागीले कार्यक्रम राम्रो भएको र यस्ता खालका तालिमलाई पालिका स्तरमा लान सके यसले झन् प्रभावकारिता पाउने बताएका थिए  ।

समापन कार्यक्रममा नेपाल स्काउटका बागमती प्रदेश संयोजक शिवराम अर्याल,नेपाल स्काउटका मेसेन्जर अफ पिस संयोजक सन्तोष थापा लगायतको उपस्तिथि रहेको थियो ।

तालिम सफलतापुर्बक सम्पन्न गर्ने सहभागीलाई नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले मेसेन्जर अफ पिसको प्रतिज्ञा गराउँदै मेसेन्जर अफ पिस रिङ ब्याज र स्कार्फ एवम् प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij