• Tuesday 8th of September 2026

तीन विद्यार्थी सङ्गठनको उपत्यका ठूला क्याम्पसमा भागबन्डा


  • आशाका किरण

तीन विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालमेल गरेका हुन् ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चासिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले तीनवटै विश्वविद्यालयमा हुन गइरहेको स्ववियु निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष दीपेश पुनले जानकारी दिनुभयो ।

नेविसङ्घले नेपाल कर्मश क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्ममकन्या बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, महाराजगञ्ज क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनप्रशासन क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, ग्रामीण आर्दश क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस थली, पाउने सहमति भएको छ ।

यस्तै अनेरास्ववियु (क्रान्तिकारी) थापाथली इञ्जिनियरिङ क्याम्पस, सानोठिमी बहुमुखी क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिकयुथ क्याम्पस, विश्वभाषा क्याम्पस, नेशनल इञ्जिनीयरिङ र हिमालयन इञ्जिनीयरिङ पाउने सहमति भएको छ ।

अनेरास्ववियूले आरआर क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, वानेश्वर बहुमुखी क्याम्पसमा स्ववियु सभापति पाउने गरी सहमति भएको छ । क्रान्तिकारीका महासचिव पुनले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका सङ्गठनले तालमेलअनुसार नै फिर्ता लिने बताउनुभयो ।

सहमतिअनुसार तीनवटै विद्यार्थी सङ्गठनको मातहतका कमिटीले कार्यान्वयन गर्न निर्देशनसमेत दिइसकेको छ । यही चैत ३ गते मध्यपश्चिम, चैत ५ गते त्रिवि र चैत ८ गते सुदूरपश्चिम विद्यालयमा स्ववियु निर्वाचन हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij