• Tuesday 8th of September 2026

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक


  • आशाका किरण

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले अग्रस्थानमा विजय हासिल गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको स्ववियु निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ । विविध कारणले यहाँका छ क्याम्पसको निर्वाचन स्थगित भएको छ । सार्वजनिक नतिजाका हिसाबले अखिल क्रान्तिकारीले १४, नेवि सङ्घले छ र अनेरास्ववियुले चार क्याम्पसमा सभापति पदमा जित हात पारेको छन् ।

अखिल क्रान्तिकारीअन्तर्गत चतुर्देव हिसुपु क्याम्पस रातापानी मुगुबाट मनसुर कार्की, सिञ्जा बहुमुखी क्याम्पस सिञ्जा जुम्लाबाट सन्तोष आचार्य, तिला कर्णाली र जनचेतना बहुमुखी क्याम्पस कालिकोटबाट हिक्मत सिंह र पार्वती सन्जयाल, स्यार्पु बहुमुखी, सानोभेरी, राडीज्यूला शिक्षा क्याम्पस, शीतल क्याम्पस चौरजाहारी रुकुमपश्चिमबाट क्रमशः किरण विश्वकर्मा, वीरभान भण्डारी, निराजन केसी र दीपक केसी सभापतिमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै बन्गाड क्याम्पस, फारुला बहुमुखी क्याम्पस दार्मा र जनकल्याण बहुमुखी क्याम्पस सल्यानबाट क्रमशः अजय विष्ट, वरुण न्यौपाने र एकराज ओली, लिकु संयुक्त क्याम्पस, डोल्पामा रनचन्द्र शाही र जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस जाजरकोट जागेश्वर थापा सभापतिमा विजयी हुनुभएको छ ।

त्यस्तै नेपाल विद्यार्थी सङ्घअन्तर्गत मानसरोवर बहुमुखी क्याम्पस हुम्लाबाट नरेन्द्र भण्डारी, रारा बहुमुखी क्याम्पस मुगुबाट राज तामाङ, जुम्ला बहुमुखी क्याम्पस जुम्लाबाट महेश हमाल, चामुण्डा कलेज दैलेखबाट सुनिल शाही, नन्दादेवी बहुमुखी क्याम्पस कालिकोटबाट जुनिता विष्ट, गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेतबाट गोपाल खड्का सभापतिमा निर्वाचित हुनुभएको हो ।

त्यसैगरी सिम्ता बहुमुखी, अमरदीप, हिमशिखर बहुमुखी र भेरी क्याम्पस गुमी सुर्खेतबाट धनश्याम रेग्मी, अनुप ढकाल, सिर्जना रसाइली, शक्ति पौडेल अनेरास्ववियुबाट सभापतिमा विजयी भएका छन् । कर्णाली प्रदेश प्रहरीका अनुसार अब १० क्याम्पसको मत सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij