• Tuesday 8th of September 2026

मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्छ :अध्यक्ष नेपाल


  • आशाका किरण

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट युवा सङ्घ नेपालले आलोकनगरस्थित केन्द्रीय कार्यालय परिसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँले युवा वर्गले सामाजिक कर्मलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै रक्तदानले अरुको जीवन बच्छ भने हामीले यस्ता कार्यमा चेतना फैलाउन आग्रह गर्नुभयो ।

हामीसँग भएका कुनै पनि अङ्ग तथा वस्तु दानबाट अरुको कल्याण हुन्छ भने त्यस्ता कुरामा युवालाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले रक्तदान कार्यक्रमका सहभागी युवाको सराहना गर्नुभयो ।

उहाँले मानव जीवनका लागि रगत अत्यन्तै आवश्यक रहेको भन्दै सम्बन्धित बिरामीका लागि यो प्राणवायु जस्तै महत्वपूर्ण हुने बताउनुभयो । अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल महाराजगञ्जको प्राविधिक सहयोगमा कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष नेपालले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।

युवावर्ग सामाजिक कार्यमा क्रियाशील हुनपर्छ भन्ने सन्देश प्रवाह गर्न कम्युनिष्ट आन्दोलनका अन्तर्राष्ट्रिय तहका तत्कालीन नेता स्टालिनको स्मृतिमा रक्तदान गरिएको युवा सङ्घ नेपालका नेता तीर्थलाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij