सुदर्शन बजगाई,आशाका किरण समाचार । काठमाडौं महानगरपालिकाले गैर कानुनी रुपमा अवरोध गरेको हिसान शैक्षिक मेला भोलीबाट खुल्ने भएको छ । काठमाडौं महानगरपालिकाको गैरकानुनी कदममा परेको रिटमा अन्तरिम आदेश जारी भएसंगै हिसानका अध्यक्ष रमेश शिलवालले पत्रकार सम्मेलन गर्दै मेलाको ताला खोलेका हुन् । मेला भोलीबाट ३ दिनसम्म चल्नेछ ।
