सुदर्शन बजगाई,आशाका किरण समाचार । एसईईमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा रहेको लिवर्टी एकेडेमीबाट जिपिए ४ ल्याएका सम्पन्न ढकालले कालोपुलमा रहेको जिभियर इन्टरनेशनल कलेज रोजेका छन् । आज सम्झौता पत्रमा हस्ताक्षर गर्दै सम्पन्न ढकालले जेभियर इन्टरनेशनल कलेज कालोपुल रोजेको हुन् ।

एलेभलमा २ पटक विश्व टप गरेको जेभियर कलेजका विद्यार्थीले ३७ पटक नेपाल टप गरेका छन् । जेभियर कलेजले एसईईमा जिपिए ४ ल्याएका सम्पन्न ढकाललाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । जेभियर इन्टरनेशनल कलेज नेपालकै उत्कृष्ट शैक्षिक गन्तव्य मध्यको एक हो ।

