नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले जनतामा देखिएको असन्तुष्टिलाई समयमा नै सम्बोधन नगरे जटिलता उत्पन्न हुने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका कोइरालाले जनतामा देखिएको असन्तुष्टि सडकमा देखिएको भन्दै त्यसलाई समयमा नै सम्बोधन नगरे थप जटिलता उत्पन्न हुने बताउनुभएको हो ।
मुख्य प्रतिष्पर्धी एमालेसंग सहकार्य गरेर कांग्रेस सरकारमा गएको भन्दै कोइरालाले सरकारलाई निरन्तर खवरदारी गर्नुपर्नेमा जोड दिनुभयो । सरकार असफल भए कांग्रेस अप्ठेरोमा पर्न सक्ने उहाको भनाइ छ । उहाले उहाले अहिले सुशासन कायम गर्न नसकेको र दण्डहिनता बढ्दै गएकाले नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै उहाले संविधान संशोधन वा पुनरावलोकनमा ढिलाई गर्न नहुने बताउनुभयो ।
