• Friday 24th of July 2026

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिन्न : प्रधानमन्त्री केपी शर्मा ओली


  • आशाका किरण

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गर्नुभएको छ ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पु¥याउँदा आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने भन्दै अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट पार्नुभएको हो । संक्रमणकालीन न्यायसम्बन्धीत आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने उहाले बताउनुभयो ।

उहाले देशमा अनावश्यक हिंसा प्रारम्भ भएको र त्यसका कारण मुलुक अकारण अशान्तिको भूमिमा परिणत भएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अधिनायकवाद परास्त भइ लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यकतामा जोड दिनुभयो ।

एमाले अध्यक्ष ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरुको सम्मेलन गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आव्हान पनि गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij