नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको कार्यशैली सुधार गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै महामन्त्री थापाले अहिले जनताले सरकारको कामबाट चित्त नबुझाएको र सरकारको काम गर्ने ढंगसमेत नपुगेको भन्दै सरकारको कार्यशैली सुधार गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो ।
कांग्रेस–एमालेको संयुक्त सरकारलाई ठिक ढंगले अघि बढाउन आफुहरु तयार रहेको तर नेतृत्व गर्नेले जथाभावी सरकारको गाडी हाँकेको उहाले बताउनुभयो ।
उहाले ठीक ढंगले चिन्तन गरेर हिजो सुरुवात गरेको सुधारको कामलाई तत्काल निरन्तरता दिन सुझाव दिनुभयो । थापाले सरकार गठनका बेला भएको सातबुदे सहमति अनुसार संविधान संशोधनको काम समेत अघि बढ्न नसकेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभयो ।
त्यस्तै उहाले भारत र चीनले नेपाली भूमिको बारेमा नेपालको अनुस्थितिमा गरेको सम्झौताप्रति गम्भीर असहमति व्यक्त गर्नुभयो । यो विषयलाई घरेलु राजनीति र उग्र राष्ट्रवादी हुनेतर्फ पनि लाग्न नहुने उहाको भनाइ छ ।
महामन्त्री थापाले अब नेपाली भूमिमाथि आँखा लगाउने कुरा स्विकार्य छैन भनेर जवाफ दिनुपर्ने जिकिर गर्नुभयो । त्यसका लागि नेपालले आफ्नो साझा पोजिसन बनाउनुपर्ने उहाले बताउनुभयो ।
