नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाप्रति आशंका व्यक्त गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवले एमसीसीको आर्थिक पारदर्शीतामा नागरिकहरुको गम्भीर आशंका रहेको, कर्मचारीहरुले उपभोग गर्ने गाडी, तलब र दैनिक खर्च नेपालीका लागि आश्चर्यजनक तरिकाले बढी रहेको समेत बताउनुभयो ।
एमसीसी नेपालको संविधान र कानूनभित्र नरहेको र यसमा नीतिगत र कानूनीमात्रै नभइ व्यहारिक पक्षहरु समेत निकै विवादीत रहेको उहाले बताउनुभयो ।
एमसीसी परियोजना कार्यान्वयनका लागि खरिद गरिएका जमिनबारे जनताका विरोध र गुनासा रहेको भन्दै उहाले एमसीसी कार्यान्वयन हुन निकै जटिल देखिएको जिकिर गर्नुभयो ।
विप्लवले एमसीसी परियोजना मुलुकको हित बिपरित रहेको भएपनि बाह्य शक्तिको दवाव झेल्न नसकेपछि नेपाल सरकारले त्यसलाई स्वीकार गर्न बाध्य भएको बताउनुभयो ।
