• Friday 24th of July 2026

अहिले नै मन्त्रीमण्डल हेरफेर हुने सम्भावना छैन : प्रकाशमान सिंह


  • आशाका किरण

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नै मन्त्रीमण्डल हेरफेर हुने सम्भावना नरहेको बताउनुभएको छ ।

नेपाल महिला संघका संस्थापक मंगलादेवी सिंहको २९ औं स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौको शोभाभगवती रहेको शालिकमा माल्यार्पण गर्दै सिंहले मन्त्रीमण्डल हेरफेरका चर्चा चलेपनि अहिले नै कांग्रेसका तर्फबाट मन्त्रीहरु हेरफेर हुने कुनै सम्भावना नरहेको बताउनुएको हो ।

उहाले संख्याका आधारमा समेत अहिलेको सरकार बलियो अवस्थामा रहेकाले पूरै अवधि यहि सरकार चल्ने जिकिर गर्नुभयो ।

मुलुकमा स्थायीत्वका साथै संविधानमा आवश्यकता अनुसार संशोधनका लागि ठूला दुई दल मिलेर सरकार बनाउनुपरेको उहाले बताउनुभयो । सिंहले सरकार गठनका समयमा भएको सहमतिलाई समेत कार्यान्वयन क्रमश कार्यान्वयन गर्दै लैजाने जिकिर गर्नुभयो ।

उहाले मंगलादेवी लगाएतका अग्रजहरुले गरेको त्यागका कारण अहिले महिला अधिकार स्थापित हुदै गएको बताउनुभयो ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij