• Friday 24th of July 2026

देशलाई कमजोर पार्ने खेलहरु चलिरहेको छ: प्रचण्ड


  • आशाका किरण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई कमजोर पार्ने खेलहरु चलिरहेको बताउनुभएको छ ।

शनिबार नेपाली कम्युनिस्ट पार्टी कार्यालय पेरिसडाडामा आयोजित जेनजीसंग नेकपा बिषयक अन्तरसम्वाद कार्यक्रममा प्रचण्डले राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, सार्वभौमिकतालाई कमजोर पार्ने खेलहरु चलिरहेको भन्दै राष्ट्र पहिलो भन्न भावनाका साथ सवै पुस्ताका नेपालीहरु एकजुट भएर राष्ट्र बनाउने कुरामा उच्च प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो ।

जेनजीका बिचार, एजेण्डा र शक्तिलाई एकसाथ अघि बढाएर नेपाली र नेपाललाई बिजय गराउनुपर्ने उहाले बताउनुभयो । त्यस्तै प्रचण्डले युवाहरुलाई बैचारिक, राजनीतिक, भावनात्मक रुपमा नयाँ नेपालको नयाँ नेतृत्वका रुपमा तयार पार्ने र आउने चूनावमा धेरै भन्दा धेरै युवाहरुलाई अवसर दिने बताउनुभयो ।

प्रचण्डले जेनजी युवा पुस्ताहरुले मुलुकको सुशासनका लागि लिएको पहलकदमीले देशलाई नयाँ चेतनातर्फ अघि बढ्न उत्प्रेरित र बाध्य बनाएको उल्लेख गर्नुभयो । कार्र्यक्रममा प्रचण्डले केहि युवाहरुलाई युवाहरुलाई नेपाली कम्युनिस्ट पार्टी प्रवेश गराउनुभएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij