सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको पुर्वसन्ध्यामा रामेश्वर फुयालले काठमाडौंमा एमालेको सत्ता परिवर्तन गरिदिएका छन् । १५ वर्ष पार्टी जिल्ला सचिव र हाल पोलिटब्युरो सदस्य रहेका फुयालको नेतृत्वमा विद्या भण्डारीको आधार इलाकामा सम्पन्न भएको प्रतिनिधि छनोटमा केपी ओली पक्षमा ८० प्रतिशत भन्दा बढी प्रतिनिधि खुलेको श्रोत को दाबी छ । अधिकांश प्रतिनिधिले गुन्डु पुगेर केपी ओलीलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरि सकेको समाचार हामीलाई प्राप्त भएको छ । काठमाडौंमा पार्टी कब्जा गरेर ८०-९० प्रतिशत प्रतिनिधि इश्वर पोखरेल पक्षको लाने एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाको सपना समेत तुहिएको छ । यो संगै देशभर र प्रवासको प्रतिनिधि छनोट हेर्दा केपी ओली पुन एमालेको अध्यक्ष हुने निस्चित प्राय छ ।
