• Friday 24th of July 2026

कसैले ल्याएर टाँसिदिएको सरकारको ताउर–माउर देख्दा आश्चर्यमा परेको छु : केपी ओली


  • आशाका किरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व चयनका बारेमा पूर्व सर्तराख्नेहरुसंग कुनै सहमति नहुने स्पष्ट पार्नुभएको छ ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफुले नेतृत्व छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने स्पष्ट पार्नुभएको हो । उहाले अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले बाहिर– बाहिर उम्मेदवारी घोषणा गरेर हिडेपनि आफुसंग कुनै छलफल नगरेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले भरसक सहमतिबाट नेतृत्व चयन गरिने बताउँदै सहमति हुन नसके करकाप नगरिने बताउनुभयो । सहमति नभए स्वच्छ प्रतिष्पर्धा हुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले प्रतिनिधिहरूले विश्वास गरे भने आफ्नो पार्टी अध्यक्ष पद निरन्तर हुने स्पष्ट गर्नुभयो । यस पटक दबाब दिएर मिलाउने योजना नभएको बताउँदै उहाँले स्वच्छ प्रतिष्पर्धा वा बिना करकाप नेतृत्व छानिने बनाउनुभयो । उहाले अध्यक्ष ओलीले ईश्वर पोखरेल लगायतका केही मानिसहरु आफ्नो विरुद्ध सुशीला कार्कीसँग मिलेर लागको उल्लेख गर्नुभयो ।

त्यस्तै अध्यक्ष ओलीले सरकार र जेनजीबीच भएको सम्झौता कलाविहीन नाटक भएको टिप्पणी गर्नुभयो । अहिलेको सरकारको कुनै कानुनी हैसियत नभएकाले जेनजीसंग सरकारले गरेको सम्झौता संवैधानिक हुन नसक्ने उहाले बताउनुभयो । कसैले ल्याएर टाँसिदिएको सरकारको ताउर–माउर देख्दा आफू आश्चर्यमा परेको ओलीले बताउनुभयो । कसैले भोट नहालेको सरकारले व्यवस्थाको बारेमा सहमति गर्ने कुनै हैसियत नराख्ने उहाँले बताउनुभयो । हैसियत बिनाको व्यक्तिले विना प्रक्रिया अनधिकृत रुपमा सिफारिस गरी विघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थापित हुनु पर्ने उहाँको धारणा छ ।

अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना हुने दावी गर्दै अध्यक्ष ओलीले अदालतलाई संविधानले अन्यथा फैसला गर्ने बाटो नै नदिएको बताउनुभयो । भदौ २४ गते आफू भागेको नभई थप क्याजल्टी हुन नदिन बालुवाटार छाडेर हिँडेको भन्दै उहाले आफू देश छाडेर कतै नगएको र नजाने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij